बाजुरामा भुवा पर्वको रौनक सुरु

बाजुरा | पुस ८, २०७९

बाजुरामा भुवा पर्वको रौनक सुरु तस्बिर साभार

बाजुरा:  ए यो भुवो काँ जादोः भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे। भस्सा ।।


भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन्  ।


बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ । 


त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् ।


केही वर्षअघि कोरोनाको कहरका कारण यो पर्व मनाइएको थिएन । यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहमाका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ । 


भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउन यहाँका विदेश गएका स्थानीय यतिबेला धमाधम गाउँ फर्किएका छन् । विगतका केही वर्ष कोरोनाको कहरमा भुवा पर्व मनाउन नपाएकाहरु यतिबेला भुवापर्व मनाउन गाउँ फर्किएका हुन् ।


खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय भीम नेपालीले धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरु अहिले गाउँ फर्किएको बताउनुभयो । कोरोना कहरले दुई वर्षसम्म यो पर्व खेल्न नपाएकाहरु यतिबेला गाउँमा आएर ढाल तरवार समात्दै अहिले भुवा खेल्न थालेको उहाँको भनाइ छ । 


बाजुराका स्थानीय जोतिष कृष्णराज जोशीले, पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्नेगरेको बताउनुभयो । गोरखापत्र 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्